‘पशुपति प्रसाद २ : भष्मे डन’ले गर्यो पशुपतिमा क्षमा पूजा
काठमाडौँ । निर्देशक दीपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरेको छ । पशुपति क्षेत्रमा फिल्म छायाङ्कनको क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी निर्माण युनिटे क्षमा पूजा गरेका हुन् । पूजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए ।
छायाङ्कनको क्रममा केही जानअन्जानमा केही गल्टि पनि हुनसक्छ । त्यसले भोलिको दिनमा केही क्षति नहोस् भनेर क्षमा पूजा गरेको फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछानेले बताए ।
अभिनेत्री स्वस्तिमा खड्काले आफूले कुनै फिल्मको लागि क्षमा पूजा गरेको पहिलो अनुभव भएको बताइन् । कहिले काहीँ नयाँ अनुभव गर्नुको मज्जा बेग्लै हुने उनको धारणा छ ।
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय छ ।
फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिका छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता लामिछानेले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
-
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन
-
मोबाइल फोन हेर्दा मोतीबिन्दु हुन्छ ?
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
-
९ महिनापछि ओलीको राजीनामा राजपत्रमा
-
बालेन सरकारका मन्त्री : दीपकमाथि डन्डा, सुधनलाई पुरस्कार, केही त्रासमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण