म्याग्दीको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइएका आठ थान भरुवा बन्दुक बरामद
सारांश
- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको फेदीवन जङ्गलमा लुकाई राखेको अवस्थामा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
- अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा इजाजत बिनाका बन्दुकहरू नियन्त्रणमा लिएको हो ।
- म्याग्दी जिल्लामा प्रहरीले अवैध हतियार नियन्त्रण अभियान अन्तर्गत हालसम्म १५० थान भरुवा बन्दुक बरामद गरिसकेको छ ।
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित जङ्गलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा अवैध हतियार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दी मातहतको अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार आठ थान अवैध एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं. ७ मा पर्ने फेदिवनस्थित जङ्गलमा ईजाजत पत्र नभएका भरुवा बन्दुकहरू लुकाई–छिपाई राखेको अवस्थामा फेला परेका हुन् । जङ्गलमा शङ्कास्पद रूपमा हतियार राखिएको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ती बन्दुकहरू रितपूर्वक नियन्त्रणमा लिएको हो । बरामद गरिएका सबै हतियारहरूलाई अहिले अस्थायी प्रहरी पोष्ट चिमखोलामा सुरक्षित राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार जिल्लाभित्र अवैध हतियार नियन्त्रण गर्ने प्रहरीको अभियान अन्तर्गत यो सफलता मिलेको हो । म्याग्दी जिल्लामा प्रहरीले अवैध हतियार ओसारपसार र भण्डारणविरुद्ध चलाएको सक्रियताका कारण हालसम्म बरामद गरिएका भरुवा बन्दुकहरूको कुल सङ्ख्या १५० थान पुगिसकेको छ ।
जङ्गलमा कसले र कुन प्रयोजनका लागि ती हतियारहरू लुकाएर राखेको थियो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासकै ठुलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
-
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन बागमती सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
भारतका टप १० ‘भ्यालुएबल सेलिब्रेटी’ : बलिउड स्टारलाई पछि पार्दै कोहली पहिलो नम्बरमा
-
राष्ट्रिय मुक्ति पार्टीले औँल्यायो चुनावमा हार्नुको पाँच कारण
-
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
-
चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारीमा कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण