रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन
काठमाडौँ । करिब ४ हजार मिटर उचाइमा रहेको रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन भएको छ । गायक किरन भुजेल र निर्देशक, कोरियोग्राफर केशव राज भट्टले आफ्नो टिम सहित गएर उक्त स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेका हुन् ।
भिडियो छायाङ्कन टिममा कलाकार सोफी धरेल, अश्विन मगर, गौरभ मगर, सुस्मिता लामाको साथमा छायाङ्कन प्रकाश खड्का र मेकअप कवीन्द्र खड्का पनि पुगेका थिए । भिडियो लाङटाङको क्यान्जिङ, क्यान्जिङ रिसम्म छायाङ्कन गरिएको छ ।
लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन भएको भन्दै त्यहाँका पूर्व वडा अध्यक्ष सुप्पा लामा तथा समाजसेवी जङ्बो लामा लगायतले टिमलाई सम्मान समेत गरेका छन् । उनीहरुले भिडियोको माध्यमले लाङटाङका पर्यटनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।
भिडियो छायाङ्कनका लागि ७ दिन लागेको निर्देशक भट्टले बताए । ‘हामीलाई छायाङ्कनमा निकै कठिन त भएको थियो । छायाङ्कन पछि स्थानीयको बिदाइ सम्मानले दुःखमा मल्हम बन्यो’ निर्देशक भट्टले थपे । भिडियो छिट्टै छायाङ्कन गर्ने योजना निर्माण युनिटको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण