बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् टुँडिखेलमा फूलपाती बढाइँ
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् टुँडिखेलमा फूलपाती बढाइँ

शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । नेपाली सेनाद्वारा शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गरेको छ । समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भइका छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरिएको थियो । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरिएको थियो । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिएको थियो ।

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रूपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरूलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ । सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा रहेका छन् ।

फूलपाती समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिएको थियो। सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया