आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दसैँ र तिहारमा चार्टर उडानको अनुमति विमानस्थलबाटै

शनिबार, ०४ कात्तिक २०८०, २० : २५
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँमा चार्टर उडानको अनुमति दिने अधिकार सम्बन्धित विमानस्थललाई प्रत्यायोजन गरेको छ ।

कार्तिक ४ देखि ९ गतेसम्म दसैँ र कार्तिक २६ देखि ३० गतेसम्म तिहारको उपलक्ष्यमा नेपाल सरकारद्वारा प्रदान गरिएको सार्वजनिक बिदा पर्न जाने हुनाले सो अवधिमा प्राधिकरण बन्द रहने हुँदा प्रधान कार्यालयबाट प्रदान गरिने चार्टर उडानको अनुमतिको लागि विमानस्थललाई अधिकार दिएको हो । यसअघि दुर्घटना न्यूनीकरणका लागि प्रधान कार्यालयबाट चार्टर उडानको अनुमति दिँदै आइएको थियो ।

यस्तो छ हवाई यातायात विभागले जारी गरेको विज्ञप्तिअनुसारको निर्णय :

(१) गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्गम हुन आन्तरिक (Fixed wing & Rotor Wing) तथा अन्तर्राष्ट्रिय चार्टर उडानहरुसम्बन्धित विमानस्थलबाट लिने ।

(२) नेपालगंज, सुर्खेत र धनगढी विमानस्थलबाट उद्गम हुने आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडानहरुको अनुमति नेपालगंज नागरिक उड्डयन कार्यालयबाट लिने ।

(३) तेञ्जिङ्ग हिलारी विमानस्थल र सो क्षेत्रमा हुने आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडानको अनुमति तेञ्जिङ्ग हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयबाट लिने ।

(४) त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय चार्टर (यात्रु कार्गो, Diplomatic Medical, Overfly & Air Ambulance) तथा आन्तरिक (Fixed wing & Rotor Wing) वायुयानको चार्टर उडान (सिलिङ्ग तथा पुष्पवृष्टि बाहेक), हेलिकप्टरको निषेधित क्षेत्रको उडान तथा अन्य नेपाली वायुक्षेत्रमा हुने चार्टर उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट अनुमति लिने ।

(५) नेपाली वायुक्षेत्रमा हुने उडान अनुमति सम्बन्धमा कुनै दुविधा भएमा प्रधान कार्यालय, हवाई यातायात विभागमा सम्पर्क गर्ने ।

394803622_266405549724195_6392179820192894256_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप