सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रपतिको हातबाट टीका ग्रहणका लागि पुगे सर्वसाधारण, तस्बिरमा हेर्नुहोस्
दसैँ

राष्ट्रपतिको हातबाट टीका ग्रहणका लागि पुगे सर्वसाधारण, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दसैँको टीका लगाइदिएका छन् । मंगलवार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरूलाई नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा टीका लगाइदिएका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरू, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएका थिए । 

राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तित्वकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टीका लगाइदिए । आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् । 

टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा लामबद्ध छन् । यसअघि विजया दशमीको शुभ साइतमा राष्ट्रपति पौडेलले परिवार र आफन्तलाई टीका र जमरा लगाइदिए । त्यस्तै उनले विजया दशमीको दिन भाउजू विष्णुमाया पौडेलेको हातबाट बडा दसैँको टीका ग्रहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया