भारतमा प्याजको मूल्य वृद्धि, नेपाली बजार पनि प्रभावित
काठमाडौँ । नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ ।
उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए । ‘नेपाली बजार भारतीय बजारमा पूर्णरुपमा निर्भर छ ।’ उनले भने, ‘उताका वस्तुमा मूल्यवृद्धि हुँदा यता पनि भाउ बढ्छ नै ।’
कालीमाटी बजारमा मात्रै औसतमा दैनिक ९० देखि एक सय टन ब्याज भारतबाट आयात गरिन्छ । भारतमा प्याजको मूल्य वृद्धि भए लगत्तै बजारमा कालोबजारीसमेत हुन सक्ने पौडेलको अनुमान छ । ‘हाम्रो कालीमाटी बजारमा कालोबजारी हुँदैन,’ उनले भने, ‘अन्य स्थान र व्यापारीसँग स्टक रहेको प्याजमा कालोबजारी हुनसक्छ ।’
पुरानो मूल्यमा खरिद गरेको प्याज नयाँ मूल्यमा विक्री गर्न नदिन सरोकारवालाले अनुगमनमा जोड दिनुपर्ने पौडेलले सुझाए । ‘कालोबजारी हुन नदिन अनुगमन प्रभावकारी बनाउनु दायित्व सम्बन्धित निकायको हो,’ उनले भने, ‘उपभोक्ता मर्कामा पर्नु अगावै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मन्त्रालयले व्यवस्थित तवरले अनुगमन गर्नुपर्छ ।’
नेपालीले उपभोग गर्ने प्याज ९० प्रतिशत भन्दा भारतबाट नै आयात हुन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले ३० हजार २ सय ७२ मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो । यस वापत् एक अर्ब नौ करोड ५८ लाख दुई हजार रुपैयाँ खर्च भएको थियो ।
भारतले केही समयअघि प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएसँगै नेपालमा प्याजको मूल्य ८० देखि ९० रुपैयाँ प्रतिकिलो पुगेको पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण