शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा २ सय ५० बैंक शाखा खोल्न प्रस्ताव (सूचिसहित)

बिहीबार, २२ असार २०७४, ११ : १९
बिहीबार, २२ असार २०७४

काठमाडौँ– नेपाल बैंकर्स संघले निजी बैंक नपुगेका नगर र गाउँपालिकामा २ सय ५० वटा नयाँ शाखा खोल्न प्रस्ताव गरेको छ । 

बैंकिङ सुविधा नपुगेका सात वटै प्रदेशका २ सय ५० वटा स्थानीय तहमा निजी बैंकको शाखा थप्नका लागि राष्ट्र बैंकलाई प्रस्ताव गरेको संघका अध्यक्ष अनिलकेशरी शाहले जानकारी दिए । 

प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ३५, प्रदेश नम्बर ३ मा २७, प्रदेश नम्बर ४ मा ३२, प्रदेश नम्बर ५ मा ४०, प्रदेश नम्बर ६ मा २५ वटा र प्रदेश नम्बर ७ मा ३९ वटा शाखा खोल्न प्रस्ताव गरिएको जनाइएको छ । 

‘चुनावसँगै स्थानीय निकायलाई सक्षम बनाउन तथा केन्द्रीय सरकारको बजेट स्थानीय तहसम्म पुर्याउन हरेक नगर र गाउँपालिकामा कम्तीमा पनि एउटा बाणिज्य बैंकको शाखा खोल्न सरकारले योजना बनाएको छ’, अध्यक्ष शाहले भने, ‘ त्यही तथ्यलाई मनन गर्दै बैंकर्स संघले गरेको समन्वयमा २७ वटा बाणिज्य बैंक शाखा खोल्नका लागि तयार भएका छन्,२ सय ५० वटा शाखाको प्रस्तावित सूची हामीले राष्ट्र बैंकलाई बुझाएका छौँ ।’ भूकम्पपछि अबरुद्ध सेवालाई सुचारु गर्न वा नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई वित्तीय क्षेत्रबाट सहयोग गर्न निजी क्षेत्रका बाणिज्य बैंकहरु सँधै तत्तर रहेको उनले बताए । 

अध्यक्ष शाहका अनुसार ७ सय ४४ स्थानीय तहमध्ये ४ सय ११ वटा स्थानीय तह अहिले बित्तीय क्षेत्रको पहुँच भन्दा बाहिर छ । ४ सय ११ वटा मध्ये अधिकांश गाउँपालिका निकै दुर्गममा छन् । अधिकांशमा सडक सुविधा, बैंकको कार्यालय राख्न उपयुक्त भवन जस्ता भौतिक संरचनाका साथै बिजुली, टेलिफोन, इन्टरनेट र सुरक्षाको अभाव देखिएको छ । जसका कारण बैंकका शाखा खोल्न निकै अप्ठेरो देखिएको छ । 

(यस्तो छ  प्रस्तावित शाखाको संख्या र नामावली )

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप