धनुषामा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश
बिहीबार, १६ कात्तिक २०८०, १० : ५१
जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी उनीहरू माओवादीमा प्रवेश गरेको वाईसीएल धनुषाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश मण्डलले जानकारी दिए ।
बुधवार धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामामा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू माओवादीमा प्रवेश गरेका हुन् ।
कांग्रेस, एमाले, जसपालगायत परित्याग गर्ने नवप्रवेशीहरुलाई पार्टीका मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल र धनुषा जिल्ला इन्चार्ज अजय शंकर नायकले टीका र गम्छा ओढाएर स्वागत गरे ।
पार्टीका नगर अध्यक्ष सुनिल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिताकुमारी यादव, जिल्ला संयोजक दीपक यादव लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण