कांग्रेस एकढिक्का र मजबुत छ : सभापति देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एक ढिक्का रहेको बताएका छन् । पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको भन्दै उनले आएका छिटपुट गुनासा सम्बोधन हुने बताए । देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताए ।
बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले संविधानको पूर्ण कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध रहेको सुनाए । ‘संविधानका विषयमा गुनासा छन् । तर सम्बोधन गर्नै नसक्ने खालका छैनन्,’ उनले भने, ‘जसले जे भने पनि विश्वास नगरौँ । यो संविधान कार्यान्वयन गरेरै छोड्छौँ ।’
सङ्घीयताबारे आएका गुनासालाई स्वाभाविक लिएको उनको भनाई छ । ‘सङ्घीयता नयाँ हो । गुनासा आएका छन् । तर हामीले स्वाभाविक नै मानेका छौँ,’ उनी भन्छन्, ‘कार्यान्वयनमा शङ्का नगर्नुस् ।’ जिल्ला सम्मेलन मार्फत कांग्रेसले आगामी कार्यदिशा पत्ता लगाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण