कांग्रेस एकढिक्का र मजबुत छ : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एक ढिक्का रहेको बताएका छन् । पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको भन्दै उनले आएका छिटपुट गुनासा सम्बोधन हुने बताए । देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताए ।
बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले संविधानको पूर्ण कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध रहेको सुनाए । ‘संविधानका विषयमा गुनासा छन् । तर सम्बोधन गर्नै नसक्ने खालका छैनन्,’ उनले भने, ‘जसले जे भने पनि विश्वास नगरौँ । यो संविधान कार्यान्वयन गरेरै छोड्छौँ ।’
सङ्घीयताबारे आएका गुनासालाई स्वाभाविक लिएको उनको भनाई छ । ‘सङ्घीयता नयाँ हो । गुनासा आएका छन् । तर हामीले स्वाभाविक नै मानेका छौँ,’ उनी भन्छन्, ‘कार्यान्वयनमा शङ्का नगर्नुस् ।’ जिल्ला सम्मेलन मार्फत कांग्रेसले आगामी कार्यदिशा पत्ता लगाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ