नलगाडको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत
शुक्रबार, १७ कात्तिक २०८०, २२ : २७
जाजरकोट । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ ।
जिल्ला वन अधिकृत खिलानाथ दाहालका अनुसार गत बुधाबार वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको हो ।
प्रतिवेदन स्वीकृत भएसँगै नलगाड जलविद्युत् आयोजनाको निर्माणका लागि बाटो खुलेको छ । सरकारले उक्त परियोजनाका लागि रकम जुटाउने प्रयास गरिरहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
आयोजना निर्माणका लागि रु एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापनका लागि रु ५६ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले मानवअधिकार आयोगमा पठाएको पत्रमा के छ ? (पूर्णपाठ)
-
पश्चिम एसियामा फेरि युद्धको बादल
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण