बाबुरामको पार्टीले भूकम्प प्रभावितलाई १० लाख दिने
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावितहरुको सहयोगका लागि १० लाख रकम सहयोग गर्ने भएको छ ।
सो पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले भूकम्प प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा १० लाख प्रदान गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिएका छन् ।
साथै नेसपाले पार्टीका तर्फबाट विपतमा परेकाहरुको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपाध्यक्ष भक्तबहादुर शाहीको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको छ । जसको सदस्यहरुमा आर्थिक विभाग प्रमुख हरि रिजाल र केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेल रहेका छन् ।
सो पार्टीले नेता रिजालको नेतृत्वमा अत्यावास्यक सामाग्रीसहित चिकित्सकको टोली परिचालन गरिसकेको जनाएको छ । पीडितहरुलाई राहतका लागि खाद्यान्न लगायत सामाग्री संकलन अभियान समेत चलाउने नेसपाको निर्णय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण