आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ गाउँ रिसोर्टले घोषणा गर्यो तिहार लक्षित छुट प्याकेज

मङ्गलबार, २१ कात्तिक २०८०, ०९ : ०६
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । कास्कीको सराङकोटमा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाडपर्वको उपलक्ष्यमा छुट प्याकेजको घोषणा गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले दीपावलीमा आकर्षक छुट प्याकेज ल्याएको सञ्चालक मिना धितालले बताइन् ।

उनका अनुसार यस भन्दा अघि रिसोर्टमा एक दिन बास बस्दा पाँच हजार शुल्क लाग्थ्यो भने अब चाडपर्व लक्षित छुट प्याकेजमा मात्र २५ सय छ । जङ्गलको बिचमा रहेको रिसोर्टमा प्राकृतिक मनोरमसँगै रमाउन सकिने छ । यहाँ बाघको गुफा समेत अवलोकन गर्न पाइने छ । रिसोर्ट भित्रै चिल्ड्रेन पार्क, एरोपेलेन स्वीइङ, सिङगल स्वीइङ, स्काइ केभ वाक लगायतका खेलहरूको मज्जा लिन पाइन्छ ।

चिल्ड्रेन पार्क घुम्नको लागि २ सयको प्रवेश शुल्क लाग्थ्यो भने अब एक सय भए पुग्छ । त्यस्तै, एरोपेलेन स्वीइङ र सिङगल स्वीइङको शुल्क पाँच सय थियो भने अब दुई सय भए पुग्ने छ ।

स्काइ केभ वाक खेल खेल्न दुई सय लाग्थ्यो भने अब एक सय भए पुग्ने छ र रेन्बो पुलका लागि पनि एक सय भए पुग्ने रिसोर्टले जनाएको छ । जंगलको बीचमा रहेको रिसोर्टमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले मनमोहक प्रकृतिकसँगको साक्षात्कार गर्दै त्यही उत्पादन गरिएको अर्गानिक खाने कुराहरूको स्वाद लिन पाउने छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप