इराकी टिकटक स्टारको गोली हानी हत्या

बगदाद । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ ।
घटना पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको हो । घटना सर्भिलियन्स क्यामरामा कैद भएको र सामाजिक सञ्जालमा व्यापक शेयर भएका छन् ।
भिडियोमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीमाथि गोली चलाएको र घटनास्थलमै उनको मृत्यु भएको देख्न सकिन्छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ । टिकटकमा सवादीले पप गीतमा नाचेको भिडियोहरू हाल्ने गर्थिन् ।
विगतमा पनि यस्ता कन्टेन्टका लागि उनले ६ महिनाको जेल सजाय भोगेकी थिइन् । गएको वर्ष सेप्टेम्बरमा बगदादमै नूर बीएमको नामले टिकटकमा चर्चित नूर अलसफरको गोली हानेर हत्या गरिएको थियो । उनले फेशन, हेयर स्टाइल र मेकअपबारे भिडियोहरू पोस्ट गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा