इराकी टिकटक स्टारको गोली हानी हत्या
बगदाद । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ ।
घटना पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको हो । घटना सर्भिलियन्स क्यामरामा कैद भएको र सामाजिक सञ्जालमा व्यापक शेयर भएका छन् ।
भिडियोमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीमाथि गोली चलाएको र घटनास्थलमै उनको मृत्यु भएको देख्न सकिन्छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ । टिकटकमा सवादीले पप गीतमा नाचेको भिडियोहरू हाल्ने गर्थिन् ।
विगतमा पनि यस्ता कन्टेन्टका लागि उनले ६ महिनाको जेल सजाय भोगेकी थिइन् । गएको वर्ष सेप्टेम्बरमा बगदादमै नूर बीएमको नामले टिकटकमा चर्चित नूर अलसफरको गोली हानेर हत्या गरिएको थियो । उनले फेशन, हेयर स्टाइल र मेकअपबारे भिडियोहरू पोस्ट गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण