लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता, ३५० भन्दा धेरैको उपस्थिति
काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताको सहभागिता रहेको छ । लगानी बोर्डको कार्यालयका अनुसार दुई दिनसम्म चल्ने लगानी सम्मेलनमा चीनबाट ३५० लगानीकर्ताको सहभागिता रहेको हो ।
यो लगानी सम्मेलनमा विश्वभरका ५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । जसमध्ये चीनबाट मात्रै ३५० भन्दा धेरै लगानीकर्ताको सहभागिता रहेको हो । सम्मेलनमा सहभागिता चिनियाँ लगानीकर्ताले पनि नेपालको लगानी सम्मेलनमा चीनबाट अत्यधिक सहभागिता रहेको जानकारी दिएका छन् ।
यो सम्मेलनमा चीनपछि भारतबाट सबैभन्दा धेरै लगानीकर्ताको सहभागिता छ । भारतबाट १५० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । यसपछि अमेरिकाबाट करिब ५० जना लगानीकर्ता यो सम्मेलनमा सहभागी छन् । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै सित्काका अध्यक्ष लो झाओ क्वींगले नेपालको लगानी सम्मेलनमा चीनबाट ३५० भन्दा बढी लगानीकर्ताको सहभागिताले आफूलाई उत्साहित बनाएको बताए ।
यसबाट नेपाललाई चिनियाँले प्राथमिकतामा राखेको पुष्टि हुने उनले बताए । यो लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ता समक्ष १४८ वटा परियोजना प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण