हमासले अपहरण गरेका दुई जनाको नयाँ भिडियो सार्वजनिक
तेल अभिभ । हमासले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । यसले समूहले अपहरण गरेका थप दुई इजरायली नागरिक जीवित रहेको प्रमाण दिएको छ ।
भिडियोमा ओमरी मिरानले आफूलाई २०२ दिनसम्म बन्धकमा राखिएको बताएका छन् । अर्का बन्दी किथ सिगेलले भने गत हप्ताको एउटा छुट्टीको उल्लेख गरेका थिए । यो भिडियो हालै रेकर्ड गरिएको देखिएको छ । दुवै इजरायली नागरिकलाई अक्टोबर ७ मा हमासले आक्रमण गरेको दिन अपहरण गरिएको थियो ।
भिडियोको प्रतिक्रिया दिँदै ओमरी र किथ दुबैका परिवारहरूले उनीहरूको रिहाइ नभएसम्म सङ्घर्ष जारी राख्ने बताएका छन् । दुबैका परिवारले इजरायली सरकारलाई उनीहरूको रिहाइका लागि सम्झौता गर्न अपिल पनि गरेका छन् ।
हमासले युद्ध विरामको लागि इजरायलको ताजा प्रस्तावलाई विचार गरिरहेको बताएकै समयमा नयाँ भिडियो बाहिर आएको छ । बन्धकहरूको रिहाइको लागि सम्झौता भयो भने रफाहमा नियोजित आक्रमणको निर्णय फिर्ता लिन सकिने इजरायलका विदेशमन्त्रीले शनिवार भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण