आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

हमासले अपहरण गरेका दुई जनाको नयाँ भिडियो सार्वजनिक

आइतबार, १६ वैशाख २०८१, १० : ३०
आइतबार, १६ वैशाख २०८१

तेल अभिभ । हमासले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । यसले समूहले अपहरण गरेका थप दुई इजरायली नागरिक जीवित रहेको प्रमाण दिएको छ । 

भिडियोमा ओमरी मिरानले आफूलाई २०२ दिनसम्म बन्धकमा राखिएको बताएका छन् । अर्का बन्दी किथ सिगेलले भने गत हप्ताको एउटा छुट्टीको उल्लेख गरेका थिए । यो भिडियो हालै रेकर्ड गरिएको देखिएको छ । दुवै इजरायली नागरिकलाई अक्टोबर ७ मा हमासले आक्रमण गरेको दिन अपहरण गरिएको थियो ।

भिडियोको प्रतिक्रिया दिँदै ओमरी र किथ दुबैका परिवारहरूले उनीहरूको रिहाइ नभएसम्म सङ्घर्ष जारी राख्ने बताएका छन् । दुबैका परिवारले इजरायली सरकारलाई उनीहरूको रिहाइका लागि सम्झौता गर्न अपिल पनि गरेका छन् । 

हमासले युद्ध विरामको लागि इजरायलको ताजा प्रस्तावलाई विचार गरिरहेको बताएकै समयमा नयाँ भिडियो बाहिर आएको छ । बन्धकहरूको रिहाइको लागि सम्झौता भयो भने रफाहमा नियोजित आक्रमणको निर्णय फिर्ता लिन सकिने इजरायलका विदेशमन्त्रीले शनिवार भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप