शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘फर्की फर्की’को शीर्ष गीतमा अनमोल र जसिताको रोमान्स

आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘फर्की फर्की’ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ ।

फिल्मको ट्रेलरले चर्चा पाइरहेको समय शीर्ष गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर तथा रोमनकै शब्द संगीत छ । भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । 

सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रूपमा छन् ।

अनमोल र जसिताको अलवा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय फिल्ममा छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका सङ्गीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ ।

फिल्म टाइम लुपको कथालाई उठान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया