आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी माओवादीका सांसदले ७ दिनको तलब भूकम्प पीडितलाई दिने

मङ्गलबार, २१ कात्तिक २०८०, १९ : ४०
मङ्गलबार, २१ कात्तिक २०८०

पोखरा । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सभाका सबै सांसदले ७ दिनको तलब भूकम्प पीडितलाई दिने भएका छन् । सबै पदाधिकारी र सदस्यहरूको तलबबाट ७ दिनको तलब जाजरकोट भूकम्प पीडितलाई दिने निर्णय गरिएको माओवादी प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् । 

उनका अनुसार उक्त रकम प्रधानमन्त्री विपद् कोषमा जम्मा गरिने छ । ‘विपद् र शोकको घडीमा राहत र उद्धार कार्यमा सहयोग पुर्याउन दलको तर्फबाट सहयोग गर्ने निर्णय गरेका हौँ,’ उनले भनिन् । गण्डकीमा सभामुखसहित माओवादीका ८ सांसद छन् । 

माओवादी संसदीय दलले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । राहत र पुनः स्थापनामा तीव्रता दिन पनि नेपाल सरकारलाई आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप