गण्डकी माओवादीका सांसदले ७ दिनको तलब भूकम्प पीडितलाई दिने
मङ्गलबार, २१ कात्तिक २०८०, १९ : ४०
पोखरा । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सभाका सबै सांसदले ७ दिनको तलब भूकम्प पीडितलाई दिने भएका छन् । सबै पदाधिकारी र सदस्यहरूको तलबबाट ७ दिनको तलब जाजरकोट भूकम्प पीडितलाई दिने निर्णय गरिएको माओवादी प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् ।
उनका अनुसार उक्त रकम प्रधानमन्त्री विपद् कोषमा जम्मा गरिने छ । ‘विपद् र शोकको घडीमा राहत र उद्धार कार्यमा सहयोग पुर्याउन दलको तर्फबाट सहयोग गर्ने निर्णय गरेका हौँ,’ उनले भनिन् । गण्डकीमा सभामुखसहित माओवादीका ८ सांसद छन् ।
माओवादी संसदीय दलले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । राहत र पुनः स्थापनामा तीव्रता दिन पनि नेपाल सरकारलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण