सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

तीन महिनामा साढे ११ अर्बको खाद्यान्न आयात

सोमबार, २७ कात्तिक २०८०, १४ : ४८
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भारत, चीन, थाइल्याण्ड, जापान, इटाली लगायत मुलुकबाट ११ अर्ब ६० करोड ७४ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो । 

भन्सार विभागका अनुसार चामल, मकै, ब्राउन राइस, बासमती चामल, मकैको पिठो, गहुँको पिठो लगायत खाद्यान्न वस्तु आयात गरिएको छ । साउन, भदौ र असोजमा २२ लाख मूल्य बराबरको खाद्यान्न निर्यात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ६० करोड रुपैयाँ नै खाद्यान्नमा व्यापार घाटा भएको विभागले जनाएको छ । 

यस्तै तीन महिनामा खाद्यान्नको कारोबारबाट सरकारले ७५ करोड २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

गत वर्ष (आव २०७९/०८०) तीन महिनामा ९ अर्ब २६ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । सो बापत सरकारले ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप