अर्थ
तीन महिनामा साढे ११ अर्बको खाद्यान्न आयात
सोमबार, २७ कात्तिक २०८०, १४ : ४८
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भारत, चीन, थाइल्याण्ड, जापान, इटाली लगायत मुलुकबाट ११ अर्ब ६० करोड ७४ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।
भन्सार विभागका अनुसार चामल, मकै, ब्राउन राइस, बासमती चामल, मकैको पिठो, गहुँको पिठो लगायत खाद्यान्न वस्तु आयात गरिएको छ । साउन, भदौ र असोजमा २२ लाख मूल्य बराबरको खाद्यान्न निर्यात भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ६० करोड रुपैयाँ नै खाद्यान्नमा व्यापार घाटा भएको विभागले जनाएको छ ।
यस्तै तीन महिनामा खाद्यान्नको कारोबारबाट सरकारले ७५ करोड २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्ष (आव २०७९/०८०) तीन महिनामा ९ अर्ब २६ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । सो बापत सरकारले ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण