सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
भन्सार विभागको तथ्यांक

तरकारी तथा फलफूलमा तीन महिनामा १३ अर्बको व्यापार घाटा

मङ्गलबार, २८ कात्तिक २०८०, १८ : ३८
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब बढीको तरकारी तथा फलफूलमा व्यापार घाटा देखिएको छ । भन्सार विभागका अनुसार तरकारी तथा फलफूलमा १३ अर्ब ४९ करोड ३२ लाख ७७ हजार रुपैयाँ व्यापार घाटा देखिएको हो । 

फलफूल तथा तरकारी आयात गर्दा ४० करोड १० लाख ७१ हजार रुपैयाँको मात्रै ती वस्तु निर्यात भएको छ । 

फलफूल तथा तरकारीको अन्तर्राष्ट्रिय कारोबारबाट सरकारले ३ अर्ब ५ करोड ८८ लाख २० हजार राजस्व संकलन गरेको छ । तरकारी र फलफूल भारत, चीन, जापान, थाइल्याण्ड, इटाली, न्यूजील्याण्डलगायत मुलुकबाट आयात गरिन्छ भने भारत, चीन लगायत मुलुकमा निर्यात हुन्छ । 

विभागका अनुसार तीन महिनामा ८ अर्ब रुपैयाँको तरकारी र ५ अर्ब रुपैयाँको फलफूल आयात गरिएको हो । भारत, चीन, जापान, थाइल्याण्ड, इटालीलगायत मुलुकबाट सो तरकारी र फलफूल आयात गरिएको विभागले जनाएको छ ।ती मुलुकबाट आलु, प्याज, स्याउ, किवी, अंगुरलगायत तरकारी र फलफूल आयात गरिएको हो । ।

साउन, भदौ र असोज महिनामा८ अर्ब ३२ करोड ७४ लाख ६३ हजार रुपैयाँको तरकारी आयात गरिएको छ भने सो समयावधिमा ३९ करोड रुपैयाँ बराबरको तरकारी निर्यात पनि गरिएको छ । 

यसरी तरकारीमा ७ अर्ब ९३ करोड ५ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा देखिएको छ । यो तीन महिनामा सरकारले तरकारीको कारोबारबाट १ अर्ब ४५ करोड ६३ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

यस्तै, तीन महिनामा ५ अर्ब ५६ करोड ६८ लाख ८६ हजार रुपैयाँको फलफूल आयात भएको छ । विभागका अनुसार ४१ लाख ७७ हजार रुपैयाँको फलफूल निर्यात गरिएको छ । फलफूलमा ५ अर्ब ५६ करोड २७ लाख ९ हजार रुपैयाँ व्यापार घाटा भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

फलफूल कारोबार बापत सरकारले १ अर्ब ६० करोड २४ लाख २६ हजार रुपैयाँको राजस्व संकलन गरेको छ । भारत, चीन, थाइल्याण्ड, न्यूजील्याण्डलगायत मुलुकबाट फलफूल आयात गरिन्छ । 

चालु आर्थिक वर्षको तीन महिनाको तरकारी र फलफूलको कारोबार रकमको विवरण

t

गत २०७९/८० कोतीन महिनामा तरकारी र फलफूलमा १३ अर्ब ४४ करोड १८ लाख ६५ हजार रुपैयाँ व्यापार घाटा थियो । विभिन्न मुलुकबाट १३ अर्ब ६३ करोड ५९ लाख ८६ हजार रुपैयाँको फलफूल तथा तरकारी आयात भएको थियो  भने १९ करोड ४१ लाख २१ हजार  रुपैयाँको तरकारी र फलफूल  निर्यात भएको थियो । 

सरकारले गत वर्ष फलफूल र तरकारीको अन्तर्राष्ट्रिय करोबारबाट गत वर्ष तीन महिनामा २ अर्ब ४९ करोड ५४ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

गत वर्ष ५१ अर्बको व्यापार घाटा

गत २०७९/८० मा तरकारी  फलफूलमा ५१ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा भएको भएको थियो । तरकारी र फलफूल ५२ अर्ब ४३ करोड रुपैयाँ बढीको आयात भएको थियो । ८ करोड १९ लाख रुपैयाँको मात्रै तरकारी र फलफूल निर्यात भएको थियो । सो वर्षभरमा तरकारी र फलफूलको कारोबारबाट सरकारले ८ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

गत वर्ष ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात भएकोमा ७४ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । यो वर्षमा ३१ अर्ब रुपैयाँ तरकारीमा व्यापार घाटा भएको थियो भने सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

गत वर्ष २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको थियो भने ६ करोड ४९ लाख रुपैयाँको फलफूल निर्यात भएको थियो । त्यस्तै, २० अर्ब ४९ करोड रुपैयाँको व्यापार घाटा भएको थियो भने५ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

आर्थिक वर्ष २०७०/८० मा तरकारी र फलफूलको कारोबार रकम विवरण

t1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप