सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सोनौली टू कोरोला

शनिबार, ०२ मङ्सिर २०८०, ०७ : ११
शनिबार, ०२ मङ्सिर २०८०

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द भएको नेपाल–चीन जोड्ने कोरोला नाका साता अघि मात्र खुलेको छ । जसले गर्दा मुस्ताङका बासिन्दाले फाइदा लिन सुरु भइसकेको छ । तर अब भने सम्भवतः आगामी दुई वर्षभित्रै भारतको सोनौली नाकाबाट एक दिनमै चीन सीमाना कोरोला नाका पुग्न सकिनेछ । किनभने कालीगण्डकी कोरिडोर राजमार्गको अधिकांश खण्ड कालोपत्र भइसकेको छ भने बाँकी भागमा पनि धमाधम काम अघि बढेको छ । 

DJI_0414

चीन–नेपाल सीमाना कोरोला नाकादेखि सुरु भएर महेन्द्र राजमार्गको पूर्व नवलपरासीको गैँडाकोटसम्म जोडने गरी कालीगण्डकी कोरिडोर आयोजना सम्पन्न हुने क्रममा छ । २०६४ सालमा ४ सय ४७ किलोमिटर दुरीको कालीगण्डकी करिडोर निर्माण सुरु भएको आयोजनाले जनाएको छ । करिडोरको सिद्धार्थ राजमार्ग राम्दीबाट १७ किलोमिटर टाढाको रानीमहल खण्डबाहेक सबै खण्डमा स्तरोन्नतिको ठेक्का लागिसकेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना कार्यालय बर्तुङ्गका प्रमुख शंकर पौडेलले जानकारी दिएका छन् । 

DJI_0419

कालीगण्डकी कोरिडोर राष्ट्रिय गौरवका आयोजनामध्येको एक हो । २०६४ सालमा सुरु भएका उत्तर–दक्षिण कालीगण्डकी कोरिडोर राजमार्ग आयोजना ५ वर्षमा बनाइसक्ने लक्ष्य थियो । कालीगण्डकी कोरिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) आयोजना खण्डको दुई सय ४५ किलोमिटरका लागि पाल्पामा आयोजना कार्यालय रहेको छ । यहाँबाट बाग्लुङ्ग, गुल्मी, पाल्पा र पूर्व नवलपरासी क्षेत्रको कामको अनुगमन हुन्छ । 

DJI_0425

बेनी–जोमसोम–कोरला (उत्तर) खण्डको दुई सय दुई किलोमिटर खण्डका लागि मुस्ताङको जोमसोम कार्यालयबाट काम भइरहेको मालढुंगा–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिएका छन् । कागबेनी–कोरोला १ सय २ किलोमिटर बाहेक अन्यत्रको कालोपत्रका लागि ठेक्का भइसकेको छ । 

IMG_5541

माथिल्लो खण्ड अन्तर्गत बाग्लुङ र पर्वतको सीमाना मालढुंगादेखि कोरला नाकासम्म (बेनी–जोमसोम–कोरोला) २ सय २ किलोमिटर छ । तल्लो खण्ड मालढुंगादेखि पुर्वी नवलपुरको गैँडाकोटसम्म (गैँडाकोट–राम्दी–मालढुंगा) २ सय ४५ किलोमिटर छ । कालीगण्डकी कोरिडोरको पूर्व नवलपरासीमा ८७ किमी पाल्पामा ७८ किमी, गुल्मीमा ४२ किमी र बाग्लुङमा ३८ किमी, पर्वतमा १३ किमी, म्याग्दीमा ४२ किमी र मुस्ताङमा १४७ किमी पर्ने आयोजना कार्यालयले जनाएका छन् ।   

IMG_5548

पूर्व नवलपरासीको गैँडाकोटबाट सुरु भएर पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी हुँदै मुस्ताङ चीन नाका कोरलासम्मका बासिन्दाले यो सडकबाट लाभ लिनेछन् ।  चीन र भारत जोड्ने सबैभन्दा छोटो दुरीको सडक भएकाले यस भेगका बासिन्दामा खुसीयाली छाएको छ । 

IMG_5557

पूर्व नवलपरासीको गैँडाकोट–राम्दी–मालढुंगा सडक खण्डको २ सय ४५ किमी मध्ये पाल्पा र पूर्व नवलपरासी खण्डको पिपलडाँडा–रामपुर–गैँडाकोट १३१.७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यस सडकमा पर्ने ५० पुल मध्ये २७ वटा मात्रै निर्माण भएको छ । १० वटा निर्माणको चरणमा छ । सडक विभागका अनुसार १०२ किमी कागबेनी–कोरोला खण्डका लागि भौतिकबाट अर्थसँग बजेट माग गरे पनि स्वीकृत नभएको आयोजना प्रमुख प्रजापतिले बताए । कालीगण्डकी कोरिडोर सडकको  वरपरका १० लाख ३० हजार ग्रामीण जनतालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास आयोजनाको छ ।

IMG_5559

यस क्षेत्रमा पाईने जडिवुटीदेखि कालीगण्डकी वगरमा पाईने शालीग्रामसम्मको व्यापारमा यो राजमार्गले टेवा पुर्‍याउन सक्ने देखिन्छ । कालीगण्डकी करिडोरले हिमाल, पहाड हुँदै तराई जोडेकामा स्थानीय बासिन्दा औधी खुसी छिन् । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीका कृष्ण प्रसाद रेग्मीका अनुसार गाईवस्तुलाई कुडो पकाएर खुवाउने बन्दा, आलु, गोभी, साग अहिले रामपुर हुँदै नारायणगढका बजारमा पठाउन सक्ने भएका छन् । 

IMG_5572

‘कोरिडोरले कालीगण्डकी बेँसीमा उत्पादन भएका अन्न, फलफुल, तरकारी तराईको बजारमा लैजानलाई नै सहज बनाएको छ,’ उनले भने, ‘कालीगण्डकी बेँसी, खोँच, उपत्यकालाई तराई मात्र नभएर भारत र चीन जोडेकाले पनि सबैलाई खुसी तुल्याएको छ ।’ यसले कालीगण्डकी करिडोर क्षेत्रका मात्र नभएर बीचबीचमा जोडिने राजमार्गले गर्दा पनि धेरैलाई दुरी छोटिनेछ,। पूर्वको चितवन नजिक, पश्चिममा सोनौली नाकाबाट सिद्धार्थ राजमार्ग भएर आउनेलाई पनि मुस्ताङ पुग्न दुरी छोटिनेछ । कालीगण्डकी करिडोरमा निर्माण गरिएको सडक परापूर्वकालदेखि चलनमा रहेको बाटो हो । तिब्बत–लोमान्थाङ–मुक्तिनाथ–बेनी–रिडी हुँदै लुम्बिनीसम्म जाने रेशम मार्गको खण्ड यही सडक अन्तर्गत पर्छ ।

IMG_5574IMG_5580IMG_5586IMG_5588IMG_5594IMG_5596IMG_5604IMG_5607

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप