तीन महिनामा १३ करोडको टुथ ब्रस भित्रियो
शनिबार, ०२ मङ्सिर २०८०, १२ : २८

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको अवधिमा १३ करोड ४४ लाख रुपैयाँ बराबरको टुथ ब्रस आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको अवधिमा साढे १३ करोड रुपैयाँ बराबरको टुथ ब्रस भित्रिएको हो ।
यस अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको टुथ ब्रुस भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ४ करोड ३५ लाख रुपैयाँ बराबरको राजस्व बुझाएका छन् । विश्वका विभिन्न १६ देशबाट नेपालमा टुथ ब्रस भित्रिने गरेको तथ्यांक छ ।
जसमध्ये सबैभन्दा धेरै चीन र भारतबाटै आउने गर्छ । भारतबाट ८ करोड ८३ लाख रुपैयाँ बराबरको टुथ ब्रस भित्रिँदा चीनबाट ४ करोड ८ लाख रुपैयाँको टुथ ब्रस भित्रिएको तथ्यांक छ । यसबाहेक, बंगलादेश, मलेसिया, ताइवान र थाइल्याण्ड लगायतका देशबाट समेत नेपालमा टुथ ब्रस भित्रिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिर समर्थकले जीवन गुमाइरहँदा रङ्गशालाभित्र जितको खुसीयाली
-
मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी