चार महिनामा १ अर्ब ३८ करोडको चिया निर्यात
शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : २९
काठमाडौँ । नेपालले चार महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कूल १ अर्ब ३८ करोड ५२ लाख ७९ हजार रुपैयाँ बराबरको ५ हजार ७१८ टन चिया निर्यात भएको हो ।
छिमेकी मुलुक भारत र चीनसँगै तेस्रो मुलुक अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्याण्ड, रसिया लगायतका देशहरुमा कालो चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यसका साथै, यी मुलुकहरुमा ग्रीन टी अर्थात् हरियो चिया र कफीको समेत राम्रो माग रहेको विभागले जनाएको छ ।
यसअवधिमा १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको हरियो चिया निर्यात भएकोमा १ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण