कामको सम्मान : चार पुस्ता रमाएको एउटै व्यवसाय
भक्तपुर – दैनिक सयौं युवायुवतीहरु कामको खोजीमा विदेश गैरहेका छन् । तिमध्ये कति त मृत्युवरण गरेर बाकसभित्र मात्रै नेपाल फर्किनुपरेको धेरै उदाहरण छन् ।
तर, विदेशमा जस्तै कामको सम्मान, मेहनत र धैर्य गरे स्वदेशमै पनि मासिक लाखौं आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन्–भक्तपुरका राजकुमार श्रेष्ठ ।
श्रेष्ठको उमेरले पाँच दशक पार ग-यो । तीनवटा कराई अट्ने चुलो नजिकै बसेर राजकुमारले कुराउनी (खुवा) बनाएको दशकौं बितेको छ ।
उनीसँगैका धेरै साथीहरु जागिर र विदेश पलायन भएपनि राजकुमारमा त्यो मोह कहिल्यै जागेन ।
स्वर्गीय हजुरबा गणेश बहादुर र पिता प्रेमबहादुर श्रेष्ठले चलाउदैं आएको खुवा बनाउने व्यवसायलाई राजकुमारले निरन्तरता दिएका हुन् ।
उनको दैनिकी चार दशकदेखि सधै एकनासले बितिरहेको छ । दुध, आगो, कराई, पन्यु र खुवा उनको जिन्दगीका सहयात्री हुन् ।
भक्तपुरको चागँनारायण नगरपालिका वडा नम्बर ८ कुराउनी टोल (हालको ओमशान्ती) श्रेष्ठको तीन पुस्ताले यसरी नै बितायो ।
तर, अहिले उनका दुईभाई छोराहरु बिनोद र बिकल श्रेष्ठले पनि पुस्तेनी व्यवसायलाई साथ दिदैं आएपछि चार पुस्ता एउटै व्यवसायमा जोडिएका हुन् ।
घरमा उत्पादन भएको दुधले माग अनुसारको खुवा बनाउन पुग्दैन् । त्यसैले नजिकैको दुध संकलन केन्द्रबाट ल्याएर माग धान्ने गरेको राजकुमारले बताए ।
रातोपाटीसँग कुरा गर्दै राजकुमारले भने ‘मलाई पुर्खौदेखि गरिआएको खेतीपाती र हजुरबाको पालादेखि थालेको खुवा बनाउने व्यवसाय नै राम्रो लाग्छ । हामी सबै जना परिवारका सदस्य यो पेशाबाट सन्तुष्ट छौं, त्यसैले चार पुस्ता लगातार यो व्यवसाय छाडेका छैनौैं’ श्रेष्ठको भनाई छ ।
परिवारका अन्य सदस्यहरुको समेत उतिकै साथ र सहयोगले यो व्यवसायमा सफलता मिलेको उनले सुनाए ।
राजकुमारले हरेक दिन करिब एकसय लिटर दुधको खुवा बनाउने गर्छन ।
दैनिक १५देखि २० किलोसम्म खुवा बनाउने गरेको श्रेष्ठ परिवारलाई बजारको कुनै दुःख छैन् ।
कमलबिनायकबाट सुडाल हुदैं नगरकोट जाने वैकल्पिक सडक उनको घरसँगैबाट गएपछि कहिलेकाही माग पुरा गर्न नसक्ने अवस्था आउँछ ।
‘हिजोआज नगरकोट जाने आउनेले घरैबाट खुवा किनेर लान्छन्’, राजकुमारले भने ।
पसलबाट खुद्रा खुवा किन्नेबाहेक उनले लामो समयदेखि काठमाडौंको डिल्लीबजार र मैतिदेवीका मिठ्ठाई पसलमा खुवा दिदैं आएका छन् ।
‘खुद्रा किन्नेलाई प्रतिकेजी ६ सय रुपैयाँमा बिक्रि गर्छु’ सानो लगानी र मेहनतबाट श्रेष्ठ परिवारले मासिक करिब ३ लाख रुपैयाँसम्मको व्यापार गर्दै आएको बताए । नेपालमा आमा, बुबाको मुख हेर्ने औशीं, तिहारलगायतका चाडपर्वमा खुवाको माग अत्यधिक हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण