कविता
महामहिम प्रचण्ड तिमी बदलियौ
आइतबार, १० मङ्सिर २०८०, १३ : ४७
मैले जसलाई मुक्तिदाता माने,
उही नै राजा बन्न खोजेपछि
के लोकतन्त्र कि पर–लोकतन्त्र भनौँ खै ।
हिजो वंशवाद थियो, नातावाद थियो,
कृपावाद थियो, अनि नश्लवाद थियो ।
हो, त्यहीविरुद्ध तिमीले सङ्घर्ष ग¥या हैन,
आज आफैँ किन दलदलमा पस्यौ ।
हिजो बोल्न, लेख्न पाइँदैन थियो भन्ने तिमी
आज आफैँ सञ्चारमाथि किन अङ्कुश थप्यौ ।
हिजो हिँडडुल गर्न पाइँदैनथ्यो भन्ने तिमी
आज आफैँ किन निरङ्कुश बन्यौ ।
आरतीका परिवारलाई माइतीघरबाट लखेट्यौ ।
आमजनतालाई तीनकुनेबाट भगायौ ।
तिमी बदलियौ ।
फोहोर सफा गर्न पोखरीमा हाम फालेको तिमी,
आज आफैँ फोहोरी बनी फोहोर छ्याप्दै छौ ।
नश्लीयताको अन्त्य गर्न राजनीतिमा हामफालेको तिमी, आज आफैँ नश्लीय बनी गफ लाउँदै छौ ।
१७ हजारको बलि चढाएर,
प्रमको कुर्सी पड्काउँदै छौ
तिमी बदलियौ,
महामहिम प्रचण्ड, तिमी बदलियौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण