लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । वसन्तपुरको काष्ठमण्डप अगाडि लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शनी गरिएको छ । आइतबार महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको हो ।
आभा फर क्रिएटिभिटीको संयोजन एवं परिकल्पनामा काष्ठमण्डप अगाडि वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध प्रदर्शन गरिएको हो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारदेखि सुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ ।
सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
हेरौँ तस्बिरहरु :
_vuQT8jtaCy.jpg)
_csujM6UPbY.jpg)
_rtEjwzIlNv.jpg)
_FLzFWJ7HDc.jpg)
_GRSIYlha95.jpg)
_tq9fzij4ir.jpg)
_awUo2XseBY.jpg)
_SR4K1QDbYH.jpg)
_pV9zzoeoF2.jpg)
_8TAyqpocso.jpg)
_dwqLgUmZOe.jpg)
_a38RvBdltU.jpg)
_OfpaL3pd0S.jpg)
_caRr8W0K6m.jpg)
_rsumrUiY6r.jpg)
_3aH4yVrZ2t.jpg)
_Pbp9BRLv8k.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण