रूपन्देहीमा देउवाले भने - बालकृष्ण खाँणजीले न्याय पाउनुहुनेछ

बुटवल । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणले न्याय पाउने बताएका छन् । मंगलबार नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पूर्वगृहमन्त्री खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए ।
खाणको गृह जिल्लामा देउवाले भने, ‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो त्यसकारण तपाईहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो । तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ ।’
अदालतमा विचाराधीन रहेको कारण बोल्ने नहुने भन्दै देउवाले खाणले न्याय पाउने विश्वास लागेको बताए । देउवाले पूर्वाधार नभएको कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । ‘अरुलाई दोष दिएर के गर्ने यहाँ चाहिने कुरा नै छैन, अध्यागमनलगायत कार्यालय छैन’, देउवाले भने, ‘काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहान्छु ।’
सभापति देउवाले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याई यहाँबाट अन्तर्राष्ट्रिय विमान उडाइने बताए । यस्तै देउवाले रूपन्देही सम्मेलनबाट देशभर नेपाली कांग्रेस एकताबद्ध छ भन्ने सन्देश दिनुपर्ने बताए ।
कार्यक्रमका नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेपाली कांग्रेसले प्रदेश, स्थानीय तहमा नेतृत्व गर्दा त्यसबाट जनतालाई के डेलिभरी ग¥यो भन्ने समीक्षा गर्नुपर्ने बताए । उनले पार्टीभित्र एक अर्कोलाई दोष देखाएर उम्कन प्रयास गर्नुभन्दा पनि आ–आफ्नो कमजोरीलाई सुधार गरेर अगाडि जानुपर्ने बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्मअनुसार अधिकार प्राप्त नहुँदा प्रदेश सरकार पङ्गु बनेको बताए । मुख्यमन्त्री चौधरीले संघीयताको मर्म अनुसार प्रदेशलाई अधिकार दिए देशको विकास सजिलोसँग गर्न सकिने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताए । कार्यक्रमका नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरी, केन्द्रीय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल, भरत शाह, अब्दुल रजाज्क ,लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतले गुट उपगुट अन्त्य गर्दै अहिले देशमा देखिएका समस्यालाई समाधान गर्न पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को
-
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो
-
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने