कविता
परिवर्तन
शनिबार, १६ मङ्सिर २०८०, ०७ : ३५
कलमले लेख्नुपर्छ,मसीले बोल्नु पर्छ अब
समाजबाट विभेदलाई हटाउन खोज्दा
पछाडि धकेल्ने ती
तमाम विकृतिलाई पोल्नुपर्छ अब
जीवन बाच्न होइन जिउन दिइनुपर्छ अब
हरेक वर्गमाथि हुने विभेद सहने होइन
ज्ञानको भकारी बोकेर होस या
पोखेर होस् समाज परिवर्तन गर्नुपर्छ अब
उहिलेकोमा अल्झिने होइन अहिलेमा आउनुपर्छ अब
जसले जेसुकै भने पनि
बाजेले तलवार चलाए, बाउले बन्दुक चलाए
तर हामीले ज्ञानको आँधी चलाउनुपर्छ अब
यहाँ सम्भव त छैन तर असम्भव पनि त छैन
क्रान्तिको मसाल बोक्न उठ्नुपर्छ अब
समाज बन्ने, भत्किने र सुध्रिने हामीबाटै त हो
भत्काउन होइन बनाउनतिर जुट्नुपर्छ अब ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण