शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न

बिहीबार, २१ मङ्सिर २०८०, १८ : ५४
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न उक्त महाधिवेशनबाट लोक चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित भएको छ ।

महाधिवेशनबाट सो समितिको वरिष्ठ उपाध्यक्षमा ओमराज सम्बाहाङ्फे, उपाध्यक्ष चिना योन्जन, सुमन बुढामगर, महासचिव शेखर राई, सचिव टंक सेलिङ र  कोषाध्यक्ष सुवर्ण शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रत्यक्ष र भर्चुअल दुबैरुपमा आयोजना गरिएको उक्त महाधिवेशनलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, पार्टीका प्रवास समिति इन्चार्ज आङ्काजी शेर्पालगायतले भर्चुअल एप जुममार्फत सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप