जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न
बिहीबार, २१ मङ्सिर २०८०, १८ : ५४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न उक्त महाधिवेशनबाट लोक चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित भएको छ ।
महाधिवेशनबाट सो समितिको वरिष्ठ उपाध्यक्षमा ओमराज सम्बाहाङ्फे, उपाध्यक्ष चिना योन्जन, सुमन बुढामगर, महासचिव शेखर राई, सचिव टंक सेलिङ र कोषाध्यक्ष सुवर्ण शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रत्यक्ष र भर्चुअल दुबैरुपमा आयोजना गरिएको उक्त महाधिवेशनलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, पार्टीका प्रवास समिति इन्चार्ज आङ्काजी शेर्पालगायतले भर्चुअल एप जुममार्फत सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण