कांग्रेसलाई जनतामा पुर्याउनमा नेपाल पुकारको उल्लेख्य भूमिका छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा पुर्याउनमा नेपाल पुकारको उल्लेख्य महत्त्व रहेको बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भूमिका उल्लेख्य रहेको बताए । उनले नेपाल पुकारले कांग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
‘नेपाली कांग्रेसलाई अझ बढी लोकप्रिय बनाउनुमा, नेपाली कांग्रेसलाई अझ बढी जनतामा पुर्याउनमा नेपाल पुकारको महत्त्व धेरै नै छ । सबैले नेपाली कांग्रेसको इतिहास थाहा पाउनका लागि नेपाल पुकारले महत्त्वपूर्ण भूमिका खेल्छ’ सभापति देउवाले भने, ‘मलाई विश्वास छ, नेपाली कांग्रेसका सबैले यो पत्रिका पढ्नेछन् । आफ्नो धारणा पनि बनाउनेछन् । नेपाली कांग्रेसले गरेका कामहरूलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ ।’
१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्य महोत्सव विशेष रहेको छ । २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण