सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य भूमिका छ : सभापति देउवा

आइतबार, २४ मङ्सिर २०८०, १६ : २५
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य महत्त्व रहेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भूमिका उल्लेख्य रहेको बताए । उनले नेपाल पुकारले कांग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘नेपाली कांग्रेसलाई अझ बढी लोकप्रिय बनाउनुमा, नेपाली कांग्रेसलाई अझ बढी जनतामा पुर्‍याउनमा नेपाल पुकारको महत्त्व धेरै नै छ । सबैले नेपाली कांग्रेसको इतिहास थाहा पाउनका लागि नेपाल पुकारले महत्त्वपूर्ण भूमिका खेल्छ’ सभापति देउवाले भने, ‘मलाई विश्वास छ, नेपाली कांग्रेसका सबैले यो पत्रिका पढ्नेछन् । आफ्नो धारणा पनि बनाउनेछन् । नेपाली कांग्रेसले गरेका कामहरूलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ ।’

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्य महोत्सव विशेष रहेको छ । २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप