मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम(पश्चिम)मा जनार्दनको युद्धस्तर कमाण्ड, तीन हजार १६८ अस्थायी टहरा निर्माण

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : ४९
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । माओवादी रूपान्तर अभियानको कमाण्डिङ गर्दै बागमती प्रदेशको गाउँबस्तीमा सक्रिय रहेका पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा कात्तिक १७ राति गएको विनासकारी भूकम्पको कारण निकै मर्माहित भए । 

जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटसहित शर्माको गृहजिल्ला रुकुम(पश्चिम)मा समेत जनधनको ठूलो क्षति भयो । भूकम्पमा परी जाजरकोटमा १०१ जनाको ज्यान गयो भने रुकुम(पश्चिम)मा ५२ जनाले ज्यान गुमाए । सयौँ घाइते भएका छन् । 

यी दुई जिल्लामा करिब ९० प्रतिशत घर तथा सार्वजनिक भौतिक संरचना पूर्ण क्षति भएको गृह मन्त्रालयको तथ्याङले देखाएको छ । भू–कम्पपछि भोलिपल्ट झिसमिसे बिहानमै पीडित जनताको उद्धार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शर्मा प्रभावित क्षेत्र पुगे । तत्काल उद्धारको काम सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किए । शर्मा गृहजिल्ला रुकुम(पश्चिम)का पीडित जनताको उद्धार, राहत र पुनर्निर्माण सक्रिय रहे । 

एक महिनादेखि रुकुमेली जनताको घर आगमनमा खटिएका शर्माले बढ्दै गएको चिसोबाट पीडितलाई बचाउन सिंगो जिल्ला कमिटीलाई स्वयंसेवक दस्तामा रुपान्तरण गरे । आफ्नै नेतृत्वमा तीन हजारभन्दा बढी स्वयंसेवक बनाएका उनी अस्थायी न्यानो टहरा बनाउन दिनरात खटिएका छन् । बिहान ६ बजेदेखि राति अबेरसम्म पीडित जनाकाका भत्किएका घरहरूको भग्नावषेश पन्छाउने, काठमा आरा लगाउने, घडेरी मिलाउने, संरचना बनाउनेका साथसाथै प्रभावित क्षेत्रका गुनासा सुन्ने, राज्यसँग समन्वय गरी तत्काल समाधानको उपाय निकाल्ने काममा शर्माले सक्रिय भूमिका खेल्दै आएका छन् । 

प्रभावित क्षेत्रका जनतालाई हौसला बढाउँदै व्यवस्थापकीय र स्वयम सेवकमा शार्माले खेलेको भूमिकाबाट पार्टीभित्र मात्र नभई बाहिरसमेत निकै प्रशंसा भएको छ । मंगलबार दिउँसो शार्मालाई फोन सम्पर्क गर्दा उनी अस्थायी वासस्थानकै सिलसिलामा बाटोमा जाँदै थिए । राति १० बजेतिर मात्र कुराकानी गर्न सकिने बताए । अस्थायी टहरा निर्माण सकिएपछि मात्र आफू काठमाडौँ फर्किने उनी बताउँछन् । शर्माका अनुसार चिसोबाट भूकम्प पीडितलाई बचाउन काठको प्रयोग गरिएको, जस्तामाथि जातो आउने खर वा त्यस्तै खर राखिएको, भित्र काठबाट खाट बनाइएको र आगो आगो बाल्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । 

‘अहिले कामको सिलशीलमा म बाटोमै  छु । कुराकानी राति १० बजेतिर मात्र सम्भव छ । केही भए बेलुका कुराकानी गरौँला’, उनले भने । 

स्थायी संरचना बनाउन लामो समय लाग्ने भएकाले तत्काल जनतालाई चिसोबाट बचाउन अस्थायी न्यानो संरचना आवश्यक रहेको उनको बुझाइ छ । मंसिरभित्रै पीडित जनतालाई छानामुनि ल्याउन शर्मा नेतृत्वको स्वयंसेवकले अहिले युद्धस्तरमा काम गरिरहेको छ । सो क्षेत्रका जनप्रतिनिधिसमेत रहेका उनी २०६४ देखि लगातार निर्वाचित हुँदै आएका छन् ।  

janardan

माओवादीले कहाँ कति अस्थायी टहरा निर्माण गरे ? 

रुकुम(पश्चिम)मा मुसीकोट, चौरजहारी, आठबिसकोट नगरपालिका रहेका छन् । यस्तै बाफिकोट, त्रिवेणी र सानीभेरी गाउँपालिका रहेका छन् । यी पालिकामा अहिलेसम्म तीन हजार १६८ घरटहरा बनिसकेको शर्माले बताए । उनका अनुसार आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७ र बाफिकोट गाउँपालिकामा ७१ अस्थायी टहरा निर्माण भएको छ । माओवादी जिल्ला कमिटीले उपलब्ध गराएको तथ्याङक अनुसार रुकुम(पश्चिम)मा ३२ हजार ३०७ घर क्षति भएका छन् । जसमध्ये मुचुल्का तयार भएको २४ हजार ४२३ रहेका छन् भने ६ हजार ९९६ जना परिवारले अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ता पाएका छन् । 

आठबिसकोट नगरपालिकामा ९ हजार ६६३ घर भत्किएकामध्ये ७ हजार २५० को मुचुल्का तयार भएको छ । यहाँ २ हजार ७३० परिवारले पहिलो किस्ता पाएका छन् । यस्तै सानीभेरी गाउँपालिकामा ५ हजार ७४३, चौरजहारी नगरपालिकामा ७ हजार ५, मुसिकोट नगरपालिकामा ३ हजार ९९९, त्रिवेणी गाउँपालिकामा ४ हजार ६६४ र बाफिकोट गाउँपालिकामा एक हजार ७५३ घर भत्किएका छन् । तीमध्ये सानीभेरीमा ५ हजार ३७३, चौरजहारीमा ६ हजार १४२, मुसीकोटमा एक हजार ८२६, त्रिवेणीमा २ हजार ७९ र बाफिकोटमा एक हजार ७५३ घरको मुचुल्का तयार भएको छ । यसैगरी पहिलो किस्ता पाउनेमा सानीभेरीमा एक हजार ६९९, चौरजहारीमा एक हजार ४४३ र त्रिवेणीमा एक हजार १२४ परिवारले पहिलो किस्ता पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप