३ नेपालीलाई आममाफी दिन राष्ट्रपति पौडेलले पठाए श्रीलङ्काली राष्ट्रपतिलाई पत्र
काठमाडौँ । लामो समयदेखि श्रीलङ्काको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएका छन् ।
पौडेलले श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई हालै पत्राचार गरेको शीतल निवास सम्बद्ध उच्च स्रोतले रातोपाटीलाई मङ्गलवार जानकारी दिएको छ ।
नेपाली नागरिक चेत बहादुर थापा, तेज बहादुर तामाङ र सुक बहादुर तामाङ लामो समयदेखि श्रीलङ्काको जेलमा छन् । उनीहरूलाई लागू औषध कारोबारमा संलग्न रहेको अभियोग लागेको छ ।
उनीहरूको सजाय मानवीय आधारमा आममाफीको अनुरोध गर्दै श्रीलङ्काली राष्ट्रपतिलाई पत्र पठाउन मन्त्रिपरिषद्ले राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो ।
‘राष्ट्रपतिबाट पत्र पठाइसकेको छ, श्रीलङ्काली सरकारले के प्रतिक्रिया दियो त्यो चाहिँ सरकारलाई थाहा होला,’ राष्ट्रपति कार्यालयका एक उच्च अधिकृतले भने ।
उसो त तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ वर्षअघि २०७३ सालमा भारतको गोवामा भएको ब्रिक्स सम्मेलनको क्रममा भएको भेटवार्तामा तत्कालीन श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरसेनासँग मृत्युदण्ड सुनाइएका ललितपुरका थापालगायतको फैसलामा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
लामो समयसम्म नेपालको आग्रह नसुनिएपछि अनुरोध अझ ओजिलो होस् भनेर राष्ट्रपतिबाटै पत्राचार गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण