रविको प्रश्न– यही हो हाम्रो नजिर र संसदीय मर्यादा ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले उजुरी या अभियोजन नै दर्ता नभएको मान्छेमाथि समिति बनाउनुपर्ने आवश्यकता नभएको बताएका छन् ।
सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कहीकतै अभियोजन र आरोप प्रमाणित नभएको अवस्थामा संसदीय छानबिन समिति बनाउन आवश्यक नभएको बताएका हुन् । उनले आफूमाथि उठेका प्रश्नको जवाफ संसदबाट आफू दिन तयार रहेको भन्दै कहीँ कतै बयानमा नपोलिएको र समिति बनाउनुपर्ने कुनै आधार नभएको बताए ।
‘सम्मानित अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरिसकेको मानिस सदनमा आउने । अनि कहीँ कतै अभियोजन नभएको, आरोप प्रमाणित नभएको, उजुरी वाजुरी दर्ता नै नभएको मान्छेको नाममा समिति बनाउनुपर्ने ? यही हो हाम्रो नजिर र संसदीय मर्यादा ?’, लामिछानेको प्रश्न छ ।
उनले सामाजिक सञ्जाल र मिडियामा कुरा चलेकै भरमा आफूलाई थुन्नेगरी समिति गठनको कुरा गरिएको आशंका गरे । उनले भने, ‘एकैपटक मान्छेलाई थुनेर डामडुम गरेर कहीँ बोल्नै नदिने, सफाइको मौका त मृत्युदण्ड वा फासीमा झुण्ड्याएको मान्छेले पनि पाउँछ होला नि त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण