सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु
बुधबार, २७ मङ्सिर २०८०, १० : २७
सिरहा । सिरहाको गोलबजार नगरपालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडाउने क्रममा करेन्ट लागेर स्थानीय १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय गोल बजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण