एमालेबाट आजपा प्रवेश गरेका पाण्डेलाई लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी
बुटवल । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले लुम्बिनी प्रदेश कमिटी अध्यक्षामा नारायण प्रसाद पाण्डेलाई चयन गरेको छ । एमाले रुपन्देहीका नेता उनी केही दिन पहिले मात्रै आजपामा प्रवेश गरेका थिए । आजपाको बागमती प्रदेश कमिटीको बैठकका क्रममा पार्टी प्रवेश गरेका उनलाई अध्यक्ष साहले पार्टीमा स्वागत गरेका थिए ।
उनै पाण्डेलाई आजपाले प्रदेश अध्यक्ष चयन गर्दै प्रदेश कमिटी गठन गरेको छ ।
प्रदेश कमिटीको इन्चार्ज सुमिना हुसेनाई तोकिएको छ भने सहइन्चार्जमा प्रमानन्द वर्मा र विक्रम चौधरी रहेका छन् । यसैगरी प्रदेश सचिवमा आशा सञ्जेललाई चयन गरिएको सो पार्टीका महासचिव उमेश साहले जानकारी दिए ।
आजपाले देशमा जनताको शासन व्यवस्था स्थापना गर्नुपर्ने भन्दै आफ्नो राजनीतिक अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार भ्रष्टाचार, बेथिति, पुँजीपलायत लगायतका विषयमा सशक्त आवाज उठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण