ईयूले युक्रेनलाई दिन लागेको ५० अर्ब युरो हङ्गेरीले रोकिदियो
ब्रसेल्स । हङ्गेरीले यूरोपेली संघ (ईयू)ले युक्रेनलाई दिन लागेको ५० अर्ब युरो बराबरको सहायता रोक्का गरिदिएको छ । सदस्य देशहरूबिच युक्रेनलाई अतिरिक्त रकम उपलब्ध गराउने सहमति भएको केही घण्टा नबित्दै रकम परिचालन रोक्का भएको हो ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले भिटो प्रयोग गरेर रकम रोकिदिएका थिए । सहायतासम्बन्धी वार्ता आगामी वर्षको सुरुमा सुचारु हुने ईयूका नेताहरूले बताएका छन् । ईयूका नेताहरूले मोल्डोभा र युक्रेनलाई सदस्यता दिनेसम्बन्धी वार्ता सुरु गर्ने र जर्जियालाई सदस्यता हैसियत दिने निर्णय गरेको केही बेरमा ओर्बानले सहायता रोक्काको घोषणा गरे ।
रुससँग हङ्गेरीको निकट सम्बन्ध छ । युक्रेनलाई सदस्यता दिने कुराको यसले लामो समयदेखि विरोध जनाउँदै आएको छ । यस कदमको विरुद्ध उसले भिटो भने प्रयोग गरेन ।
ओर्बान केही समयका लागि वार्ता कक्षबाट बाहिर गएका थिए । वार्तालाई अधिकारीहरुले पूर्व–सहमत र रचनात्मक बताएका थिए । तर वार्ता कक्षमा फेरि आएपछि उनले रकम जारी गर्ने निर्णयविरुद्ध भिटो लगाइदिए ।
युक्रेनसँग आगामी केही हप्तासम्म पैसाको अभाव नभएको र आफूहरुसँग केही समय बाँकी नै भएको डच प्रधानमन्त्री मार्क रुटेले भनेका छन् । युक्रेन रुस विरोधी युद्धका लागि आवश्यक रकम जुटाउन ईयू र अमेरिकी फन्डिङमा निर्भर छ । अमेरिकामा पनि युक्रेनलाई दिने भनिएको सहायता रकमसम्बन्धी वार्ता रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण