आजपाले आइतवारदेखि भन्सार विभाग घेराउ गर्ने
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने भएको छ । शनिबार अनामनगरमा सम्पन्न राष्ट्रिय भेलाले सो निर्णय गरेको हो ।
भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजीको माग गर्दै सो संगठनले विभाग घेर्ने भएको हो । भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । त्यस्तै मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको छ ।
उक्त भेलामा नेकपा (एमाले) धादिङकी नेतृ देवी पण्डित र नेपाली कांग्रेस सिरहाका नेता सत्यनारायण मण्डल लगायतका नेता कार्यकर्ताहरु आमजनता पार्टीमा प्रवेश गरेका थिए। नवप्रवेशी तथा भेलाबाट निर्वाचित पदाधिकारीलाई पार्टी अध्यक्ष प्रभु साहले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
उक्त कार्यक्रममा आम जनता पार्टीका महासचिव उपेन्द्र साह, केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण