अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शले प्राप्त भएको हो : देउवा
मङ्गलबार, ०३ पुस २०८०, १९ : १३
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शका कारण प्राप्त भएको बताएका छन् । पोखरामा जारी कांग्रेस गण्डकी प्रदेशको सम्मेलनमा उनले अरु पार्टीले कांग्रेसको आदर्श र सिद्धान्त मानेका कारण अहिलेको उपलब्धि सजिलै आएको बताए ।
‘कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएकाले पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने,‘हाम्रो आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएका छन् । त्यसकारण हाम्रो पार्टीको जित भएको मान्नुपर्छ ।’
उनले संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो भएको सुनाए । ‘संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो छ । त्यसैले धेरै पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ,’ उनले थपे, ‘यो बाध्यता हो रहर होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण