अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शले प्राप्त भएको हो : देउवा
मङ्गलबार, ०३ पुस २०८०, १९ : १३

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शका कारण प्राप्त भएको बताएका छन् । पोखरामा जारी कांग्रेस गण्डकी प्रदेशको सम्मेलनमा उनले अरु पार्टीले कांग्रेसको आदर्श र सिद्धान्त मानेका कारण अहिलेको उपलब्धि सजिलै आएको बताए ।
‘कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएकाले पार्टीको जित भएको मान्नुपर्छ,’ उनले भने,‘हाम्रो आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएका छन् । त्यसकारण हाम्रो पार्टीको जित भएको मान्नुपर्छ ।’
उनले संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो भएको सुनाए । ‘संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो छ । त्यसैले धेरै पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ,’ उनले थपे, ‘यो बाध्यता हो रहर होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
न्युरोडबाट २० लाखभन्दा बढी रकम सहित युवक पक्राउ
-
नेपाली युवा उद्यमी महासङ्घ बागमती कमिटी गठन, अध्यक्षमा खतिवडा
-
नेताज्यूहरू : नाच्न आएन कि आँगन टेडै हो ?