शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ: मन्त्री साउद

बुधबार, ०४ पुस २०८०, ०९ : ४९
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले सार्वजनिक गरेको एसिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए । 

नेपालको आन्तरिक र बाह्य कारणले केही ढिलो जस्तो देखिए पनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको बताए । पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रूपमा देखिएको प्रतिवेदनले  उल्लेख गरेको भन्दै यसले गर्दा केही ढिलो हुने भन्ने आशङ्का गरे पनि सरकारको इमानदार प्रयास निरन्तर रहने साउदले बताए । 

कार्यक्रममा संयुक्त, राष्ट्रिय सङ्घ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एसिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताए । साथै प्रतिवेदनको निष्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने बताए । 

प्रतिवेदनले यस क्षेत्रमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन फरक ढङ्गले सोच्नुपर्ने अवस्था आएको आइसानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप