सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसले मुलुकको राजनीतिलाई सुदृढ गरेर लैजान्छ : सभापति देउवा

बिहीबार, ०५ पुस २०८०, १७ : २२
बिहीबार, ०५ पुस २०८०

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । जनकपुरमा बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताए । 

सभापति देउवाले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको पनि बताए ।  यस्तै उनले समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ रहेको सुनाए । ‘अहिले नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेसले बहुमत ल्याउनु सकोस्,’ उनले भने । 

यस्तै सम्मेलनमा उपसभापति धनराज गुरुङले मधेसलाई माथि उठाउनुपर्ने बताए  । मिसन चौरासी होइन मिसन सुशासन बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले सुशासनको अभियान चलाएको छ । अब भ्रष्टाचारका फाइल खोल्दै जाने हो । सबै कुरामा विरोध गरेर हुँदैन,’ कानुन मन्त्री समेत रहेका गुरुङले भने । मन्त्री गुरुङले सङ्घीयता सम्बन्धी कानुन चाँडै बनाउने बताए । 

‘सङ्घीयता सम्बन्धी कानुन बनाउँछु । हिउँदे अधिवेशन ढिलो हुने अवस्थामा अध्यादेश ल्याउँछु । सङ्घीयता सम्बन्धी कानुन बन्छ, बन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप