कांग्रेसले मुलुकको राजनीतिलाई सुदृढ गरेर लैजान्छ : सभापति देउवा
जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । जनकपुरमा बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताए ।
सभापति देउवाले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको पनि बताए । यस्तै उनले समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ रहेको सुनाए । ‘अहिले नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेसले बहुमत ल्याउनु सकोस्,’ उनले भने ।
यस्तै सम्मेलनमा उपसभापति धनराज गुरुङले मधेसलाई माथि उठाउनुपर्ने बताए । मिसन चौरासी होइन मिसन सुशासन बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘सरकारले सुशासनको अभियान चलाएको छ । अब भ्रष्टाचारका फाइल खोल्दै जाने हो । सबै कुरामा विरोध गरेर हुँदैन,’ कानुन मन्त्री समेत रहेका गुरुङले भने । मन्त्री गुरुङले सङ्घीयता सम्बन्धी कानुन चाँडै बनाउने बताए ।
‘सङ्घीयता सम्बन्धी कानुन बनाउँछु । हिउँदे अधिवेशन ढिलो हुने अवस्थामा अध्यादेश ल्याउँछु । सङ्घीयता सम्बन्धी कानुन बन्छ, बन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण