आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकलसहित कालिगण्डकीमा खसेका युवकको ३ दिनपछि भेटियो शव

बिहीबार, ०५ पुस २०८०, २० : ०६
बिहीबार, ०५ पुस २०८०

पोखरा । मोटरसाइकलसहित कालिगण्डकीमा खसेका एक युवकको शव ३ दिनपछि भेटिएको छ । अन्नपूर्ण गाउँपालिका ३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्रीको शव ३ दिनपछि नदीको खोँचमा फेला परेको हो । 

उनको शव सशस्त्र प्रहरी बल गलेश्वरबाट खटिएको गोताखोर र प्रहरीको संयुक्त टोलीले फेला पारेको छ ।

म्याग्दीकै तातोपानी बस्दै आएका घर्ती पुस २ गते ग१प ११३० नम्बर प्लेटको मोटरसाइकलसहित नौनीबगर भिरबाट खसेका हुन् । दोस्रो दिनदेखि उनको खोजी भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप