कविता
निरीह नागरिक
शनिबार, ०७ पुस २०८०, १२ : ०३
मेरो स्वतन्त्रताका लागि
मेरो समृद्धिका लागि
मेरो समानताको अधिकारका लागि
तिमीले
बैतडीदेखि सुखानीसम्म
सिन्धुलेगढीदेखि नालापानीसम्म
पिस्कर र छिन्ताङदेखि दाङ र रोल्पासम्म
अनि
जनकपुरदेखि सिन्धुलीसम्म
सिँचाइ गर्यौ आफ्नो रगतले
काठमाडौँका सडक रङ्ग्यायौ
रुकुमका पहाड पखाल्यौ
रोल्पाका भीर सिँचायौ
तातो र रातो रगतले
तर आज
तिम्रा सपना अझै अलपत्र छन्
म निरीह छु
तिम्रा सालिकको टाउकोमा बसेर
तिम्रो नाकामा कौवाले
बिस्ट्याउँदा पनि पुछ्न
सक्दिनँ
किनकि
म स्वतन्त्र हुन सकिनँ
मेरो समृद्धि टाढा कतै क्षितिज पारि नै बस्यो
समानताको अर्थ
बेग्लै लगाए तिम्रै साथीहरूले
र सडकमा नारा लाग्छ अझै
बेला बेलामा उही कुरा
दोहोर्याएर
जाली तमसुक खारेज गर ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलियो क्याण्डी बेच्ने रितिकको तीतो कथा (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान
-
नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज
-
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
-
केकेआरसँग मुम्बइ इन्डियन्स पराजित, इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना लगभग सकियो
-
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता