कविता
निरीह नागरिक
शनिबार, ०७ पुस २०८०, १२ : ०३
मेरो स्वतन्त्रताका लागि
मेरो समृद्धिका लागि
मेरो समानताको अधिकारका लागि
तिमीले
बैतडीदेखि सुखानीसम्म
सिन्धुलेगढीदेखि नालापानीसम्म
पिस्कर र छिन्ताङदेखि दाङ र रोल्पासम्म
अनि
जनकपुरदेखि सिन्धुलीसम्म
सिँचाइ गर्यौ आफ्नो रगतले
काठमाडौँका सडक रङ्ग्यायौ
रुकुमका पहाड पखाल्यौ
रोल्पाका भीर सिँचायौ
तातो र रातो रगतले
तर आज
तिम्रा सपना अझै अलपत्र छन्
म निरीह छु
तिम्रा सालिकको टाउकोमा बसेर
तिम्रो नाकामा कौवाले
बिस्ट्याउँदा पनि पुछ्न
सक्दिनँ
किनकि
म स्वतन्त्र हुन सकिनँ
मेरो समृद्धि टाढा कतै क्षितिज पारि नै बस्यो
समानताको अर्थ
बेग्लै लगाए तिम्रै साथीहरूले
र सडकमा नारा लाग्छ अझै
बेला बेलामा उही कुरा
दोहोर्याएर
जाली तमसुक खारेज गर ।
पोखरा–७ मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण