चार महिनामै साढे २६ करोडको क्याप आयात
शनिबार, ०७ पुस २०८०, १४ : १८
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा विदेशबाट कराडौं रुपैयाँको क्याप टोपी आयात भएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा साढे २६करोड करोड रुपैयाँभन्दा धेरैको क्याप टोपी आयात भएको हो ।
विभागको तथ्यांकअनुसार यस अवधिमा विदेशबाट ४५ लाखभन्दा धेरै क्याप टोपी भित्रिएको छ । विश्वभरका आधा दर्जनभन्दा धेरै मुलुकबाट क्याप भित्रिने गरेपनि चीन र बंगलादेशबाट धेरै मात्रामा आउने गरेको तथ्यांक छ ।
यस अवधिसम्ममा चीनबाट मात्रै झण्डै २५ करोड रुपैयाँ बराबरको क्याप भित्रिएको छ । यस्तै, बंगलादेशबाट ७७ लाखभन्दा धेरैको क्याप भित्रिएको तथ्यांक छ । तथ्यांकअनुसार नेपाल भित्रिएको क्यापको मूल्य प्रतिपिस ५७ रुपैयाँ आसपास देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण