चार महिनामै साढे २६ करोडको क्याप आयात
शनिबार, ०७ पुस २०८०, १४ : १८

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा विदेशबाट कराडौं रुपैयाँको क्याप टोपी आयात भएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा साढे २६करोड करोड रुपैयाँभन्दा धेरैको क्याप टोपी आयात भएको हो ।
विभागको तथ्यांकअनुसार यस अवधिमा विदेशबाट ४५ लाखभन्दा धेरै क्याप टोपी भित्रिएको छ । विश्वभरका आधा दर्जनभन्दा धेरै मुलुकबाट क्याप भित्रिने गरेपनि चीन र बंगलादेशबाट धेरै मात्रामा आउने गरेको तथ्यांक छ ।
यस अवधिसम्ममा चीनबाट मात्रै झण्डै २५ करोड रुपैयाँ बराबरको क्याप भित्रिएको छ । यस्तै, बंगलादेशबाट ७७ लाखभन्दा धेरैको क्याप भित्रिएको तथ्यांक छ । तथ्यांकअनुसार नेपाल भित्रिएको क्यापको मूल्य प्रतिपिस ५७ रुपैयाँ आसपास देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक