झन् खुम्चिँदै वैदेशिक व्यापार, आयात र निर्यात नै घट्यो
काठमाडौँ । चालू आर्थिक वर्षको ५ औं महिनामा पनि वैदेशिक व्यापारको मात्रा घटेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साउनदेखि मंसिरसम्मको अवधिमा वैदेशिक व्यापार खुम्चिएको हो ।
तथ्यांकमा नेपालको आयात, निर्यात र वैदेशिक व्यापार तथा व्यापार घाटा नै खुम्चिएको छ । चालू आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको आयात भएको छ । जबकि, गत वर्षको यहि अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको आयात भएको थियो । यो ३.३९ प्रतिशतको गिरावट हो ।
यस्तै, यस अवधिमा निर्यात समेत ६.०९ प्रतिशतले घटेको छ । विभागकाअनुसार यस अवधिमा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको यहि अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको निर्यात भएको थियो ।
आयात र निर्यात नै घटेपनि व्यापार घाटामा समेत ३.०९ प्रतिशतको सुधार आएको छ । गतवर्ष ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँको व्यापार घाटा भएकामा यो वर्ष ५ खर्ब ७९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।
खासगरी, यस अवधिमा नेपालको वैदेशिक व्यापार नै खुम्चिएकाले वैदेशिक व्यापार घटेको हो । गत वर्षको ५ महिनामा ७ खर्ब ३२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जुन, यो वर्ष ३.६४ प्रतिशतले घटेर ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँमा कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण