ओलीलाई प्रश्न : पहाडको जवानी कसरी जोगाउने ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्य पहाडका जनताको बढ्दो बसाइसराइ र युवाहरूको विदेश पलायन रोक्न आधुनिक कृषि प्रणालीलाई जोड दिनुपर्ने बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित अन्तरक्रियामा सञ्चारकर्मीले अध्यक्ष ओलीलाई सङ्कल्प यात्राका क्रममा देखिएको पहाडको समस्या समाधान गर्न वा पहाडको जवानी कसरी जोगाउने ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले बसाई सराई समस्या समाधान गर्न सरकार र राजनीतिक दलहरूले गम्भीर भएर सोच्नुपर्ने बताएका हुन् ।
‘मध्य पहाडमा बिजुली, सडक, खानेपानी पुगेको छ’, ओलीले भने, ‘कमाएर खानै नपुग्ने अवस्था पनि होइन । तर पनि मानिसहरू बसाइसराई हिँडेका छन् ।’ उनले यो अवस्था रोक्न व्यावसायिक र आधुनिक खेतीलाई प्रोत्साहन गर्न सक्नुपर्ने र जनतालाई निर्वाहमुखी पेसाभन्दा आम्दानी गर्ने गरी विकल्प दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’