गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज पार्नुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्ने बताएका छन् । ‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए ।
‘उहाँको विषयमा खोजीनिती हुनुपर्छ । किताब राम्रोसँग लेख्नुपर्छ । हामी पार्टीबाट यसमा लाग्ने छौँ,’ उनले भने । यस्तै भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने देउवाको भनाइ थियो । भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताए ।
देउवाले गणतन्त्र कमजोर पार्ने कुरा भइरहेको भन्दै निस्तेज पार्नुपर्ने बताए । ‘अहिले गणतन्त्रलाई कमजोर पार्ने कुरा आइरहेको छ । त्यसलाई निस्तेज पार्नुपर्छ । यो व्यवस्थाका लागि भट्टराईको पनि योगदान छ, ’ उनले भने । नेता स्व. भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएको बताए ।
उनले भने, ‘भट्टराईजीका बारेमा जति बोलेपनि पुग्दैन । उहाँ निर्लोभी, कुनैपनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो । वास्तवमा उहाँको विषयमा खोजिनीति हुनुपर्छ । उहाँको विश्लेषण हुनुपर्छ । उहाँको कुरा किताबमा लेख्नुपर्छ । यो कुरामा हामी लागेका छौँ ।’
सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण