पाँच महिनामा १७ अर्बको खाद्यान्न आयात
आइतबार, ०८ पुस २०८०, १७ : ५२
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १७ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांक अनुसार १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गरिएको हो ।
चामल, धान, मकै, गहुँ लगायत खाद्यान्न वस्तु यो अवधिमा आयात भएको विभागको भनाइ छ । यी वस्तु भारत, चीन, इन्डोनेसिया, इटाली, जापान लगायत मुलुकबाट आयात गरिएको रिपोर्टमा उल्लेख छ ।
खाद्यान्नमा नेपालको १७ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा छ । नेपालले १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गर्दा ५३ लाख ७५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात गरेको छ ।
खाद्यान्न वस्तु आयात–निर्यात बापत सरकारले १ अर्ब १७ करोड १५ लाख ४६ हजार राजस्व संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण