पाँच महिनामा १७ अर्बको खाद्यान्न आयात
आइतबार, ०८ पुस २०८०, १७ : ५२

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले १७ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांक अनुसार १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गरिएको हो ।
चामल, धान, मकै, गहुँ लगायत खाद्यान्न वस्तु यो अवधिमा आयात भएको विभागको भनाइ छ । यी वस्तु भारत, चीन, इन्डोनेसिया, इटाली, जापान लगायत मुलुकबाट आयात गरिएको रिपोर्टमा उल्लेख छ ।
खाद्यान्नमा नेपालको १७ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ व्यापार घाटा छ । नेपालले १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात गर्दा ५३ लाख ७५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात गरेको छ ।
खाद्यान्न वस्तु आयात–निर्यात बापत सरकारले १ अर्ब १७ करोड १५ लाख ४६ हजार राजस्व संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव
-
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु