शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह आफैँले पाठ्यक्रम बनाउनुपर्छ : सांसद भट्टराई

आइतबार, ०८ पुस २०८०, २० : ११
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेकपा(एमाले)की सांसद विद्या भट्टराईले स्थानीय तह आफैँले पाठ्यक्रम बनाउन सक्ने व्यवस्था गर्नुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले विद्यालय शिक्षा विधेयकमा स्थानीय तह आफैँले आफ्नो पाठ्यक्रम बनाउने व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

उनले पाठ्यक्रमको सन्दर्भमा संघले स्थानीय तहलाई निर्देशन दिने हक नराख्ने बताइन् । उनले संविधानको कार्यान्वयन गर्ने भए संविधानको मर्मसँग बाझिने गरी ऐन बनाउनु नहुने बताइन् । उनले संविधानको आधारभूत र मौलिक मर्महरुलाई बिर्सिएर ऐन बनाएर उद्देश्य पूरा गर्न नसकिने भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्ने बताइन् ।

उनले शिक्षक महासंघसँग सरकारले गरेको सम्झौताको बारेमा समितिलाई जानकारी गराइनुपर्ने माग पनि गरिन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप