इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
- उनले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने सम्झौता भएमा भेट सम्भव रहेको र यो आफूलाई सम्मानको विषय हुने बताए ।
- अमेरिका र इरानबीच चौथो महिनामा प्रवेश गरेको युद्धका कारण विश्व बजार प्रभावित भएको छ भने कच्चा तेल र पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका छन् । उनले अमेरिका–इरानबिच जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता भए भेट हुनसक्ने सङ्केत दिएका हुन् ।
ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्भावित सम्झौतापछि खामेनीसँग भेट हुनसक्ने बताए । ‘यदि हामीले कुनै सम्झौता गर्याैं भने भेट सम्भव छ । म त्यसका लागि तयार छु,’ उनले भने ।
ट्रम्पले खामेनीलाई भेट्नु आफ्नो लागि सम्मानको विषय हुने पनि बताएका छन् । उनका अनुसार केही अन्तर्राष्ट्रिय वृत्तमा खामेनीको राम्रो प्रतिष्ठा रहेको छ । इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी युद्धको पहिलो दिन मारिएपछि मोज्तबा खामेनी सर्वोच्च नेतामा नियुक्त भएका थिए ।
ट्रम्पले अमेरिकी तथा इजरायली आक्रमणमा आफ्ना परिवारका सदस्य गुमाए पनि मोज्तबा खामेनी व्यवहारिक ढङ्गले वार्तामा प्रस्तुत हुने अपेक्षा व्यक्त गरे ।
अमेरिका र इरानबिचको युद्ध चौथो महिनामा प्रवेश गरिसकेको छ । यद्यपि पछिल्ला केही सातादेखि दुवै पक्षबिच अस्थायी युद्धविराम कायम रहेको बताइएको छ । द्वन्द्वका कारण विश्व बजार प्रभावित भएको छ भने कच्चा तेल र पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।
इरानले विश्व बजारमा २० प्रतिशत तेल जाने महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमध्य अधिकांश समय बन्द राखेका कारण ऊर्जा बजारमा थप दबाब परेको छ ।
अमेरिकाले इरानसँग आणविक हतियार नबनाउने प्रतिबद्धता र स्टेट अफ होर्मुज तत्काल खुला गर्न माग गरेको छ । यता इरानले सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न तथा आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन माग गरिरहेको छ ।
इरानको सरकारी सञ्चारमाध्यमले भने वार्ता टोलीले छलफल स्थगित गर्ने र स्टेट बन्द गर्ने चेतावनी दिएको जनाएको थियो । तर ट्रम्पले बुधवार इरानले आणविक हतियार नबनाउने विषयमा सहमति जनाएको दाबी गरेका छन् ।
युद्ध अन्त्यका लागि वार्ता जारी रहे पनि दुवै पक्षबाट आएका फरक–फरक सन्देशका कारण अन्तिम सम्झौता कहिले हुन्छ भन्ने विषय अझै अनिश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण