बेँसीसहरमा चरी बाघ फेला : नियन्त्रण लिएर जङ्गलमा छाडियो
लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।
उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए । पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएका थिए ।
डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जङ्गलमा लगेर छोडिएको बताए । उनले भने, “आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ । मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उहाँको भनाइ छ । जीवितै उद्धार गरेकाले भाले–पोथी नहेरी जङ्गलमा छाडिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण